PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बारा ४(क) मा एमालेका देवनारायण चौधरी विजयी



पहिलोपोस्ट

बारा ४(क) मा एमालेका देवनारायण चौधरी विजयी

वीरगंज : बारा क्षेत्र नं. ४(क) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी तीन हजार ६२० मतको मतान्तरले निर्वाचित भएका हुन्।

चौधरीले १३ हजार ६०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले ९ हजार ९९९ मत पाएका छन् ।

यसैगरि, तेस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार सन्तोष कुशवाहाले चार हजार १४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका यम जर्का मगरले तीन हजार ६५६ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell