PahiloPost

Jan 23, 2026 | १० माघ २०८२

बारा ३(क) मा एमालेका रविन्द्रदास श्रेष्ठ विजयी



पहिलोपोस्ट

बारा ३(क) मा एमालेका रविन्द्रदास श्रेष्ठ विजयी

वीरगंज : बारा क्षेत्र नम्बर ३(क) मा प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ ८८६ मतान्तरले विजयी भएका हुन्।

श्रेष्ठले ८ हजार १९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मुकेश साहले ७ हजार ३०९ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भरतबहादुर खड्काले ५ हजार ७०६ मत प्राप्त गरे।

श्रेष्ठको जितसँगै बारामा एमालेले दुईवटा प्रदेशसभामा जित हात पारेको छ। यसअघि बारा ४(क) मा देवनारायण चौधरी निर्वाचित भएका थिए। बाराको ८ वटा प्रदेशसभा मध्ये ५ वटाको मतपरिणाम आइसकेको छ। जसमध्ये ४(ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका जितेन्द्र सोनल, २(क) मा स्वतन्त्र उम्मेदवार सारदा संकर कलवार, २(ख) मा जसपाका बच्चा राउत अहिर निर्वाचित भइसकेका छन्।

यसैगरि, चार वटा प्रतिनिधिसभामध्ये बारा क्षेत्र नं. ४ बाहेक अन्यको अन्तिम मतपरिणाम आउन बाँकी छ।बारा ४ मा नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell