PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

दरबारकी धाईआमाको घरमा चोरी, ३० लाख पर्ने सुनको गिलाससहित नगद लुटपाटमा संलग्न १० जना पक्राउ



पहिलोपोस्ट

दरबारकी धाईआमाको घरमा चोरी, ३० लाख पर्ने सुनको गिलाससहित नगद लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं : प्रहरीले बसुन्धरामा एक घरमा चोरीमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ परेको छ।

कात्तिक २८ गते बसुन्धरामा अज्ञात समूहले मधुर विक्रम खनालको घरमा चोरी गरेका थिए। मधुरकी श्रीमती नन्द मल्ल लगायतलाई बन्धक बनाएर उक्त समूहले धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको थियो।

प्रहरीलेकात्तिक ३० गते काठमाडौं र दोलखाबाट उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको थियो। प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको हो। चोरी भएको घरकी नन्दा मल्ल पहिला दरबारमा धाईआमाका रुपमा काम गर्थिन्। धाईआमाको घरबाट सो समूहले ३० लाख पर्ने सुनको गिलाससहित घरमा रहेको नगद, सुन तथा बहुमूल्य गहगहना लुटेको थियो।

प्रहरीले पक्राउ गरेकामा जुम्लाका २० वर्षीय विशाल शाही, कालिकोटका २६ वर्षीय तिलक बहादुर शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, कालिकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्व राज सिंह, २३ वर्षीय गंगबहादुर शाही, २६ वर्षीय नेत्र बहादुर शाही, २७ वर्षीय पन्च बहादुर सिंह रहेका छन्। यस्तै, सुर्खेत घर भएकी १९ वर्षीया कविता बुढा र २१ वर्षीया दिपिका मल्ला शाही पनि पक्राउ परेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell