वीरगंज : बारा क्षेत्र नं. २ (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार सारदासंकर कलवार विजयी भएका छन्।
एमाले र जसपाबिचको तालमेलमा उक्त क्षेत्रमा एमालेको भागमा परेको थियो। त्यसपछि कलवारले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यसअघि जसपामा रहेका कलवारले ९ हजार २९५ मत प्राप्त गरि विजयी भएका हुन्। एमालेका बलवीर चौधरीले भने ६ हजार ८६७ मत पाएका छन्।
कलवार २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टी नेपालबाट १६ हजार ६७१ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका थिए।