PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए



पहिलोपोस्ट

प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए

काठमाडौंः सुन पसलमा प्रहरी हुँ भन्दै डाँका गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न मितिमा पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय सुन राई, २८ वर्षीय देविराज राई, धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीय मनिला तामाङ रहेका छन्।

उनीहरूले कार्तिक २९ गते करिब ८ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १८ स्थित नरदेवीमा रहेको सुन पसलमा चोरी गरेका थिए। प्रहरीको पोसाक लगाएका एक जना र बाँकी ५ जनाले ' हामी हनुमानढोका प्रहरी कार्यालयबाट आएका प्रहरी हौँ' भनी सुनहरू लुटेर फरार भएका थिए।

प्रहरीले उनीहरूको साथबाट पेस्तोल एक थान सहित सुनका गरगहना बरामद गरेको थियो। घटनामा संलग्न एक जना फरारलाई भने प्रहरीले खोजी गरिरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell