PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हारमा ह्याट्रिक रेकर्ड राखेका दिपकबहादुर सिंहको जितमा राजेन्द्र लिङ्देनको नामसँग के छ कनेक्सन?



निशा गुरुङ

हारमा ह्याट्रिक रेकर्ड राखेका दिपकबहादुर सिंहको जितमा राजेन्द्र लिङ्देनको नामसँग के छ कनेक्सन?

हेटौंडा : मकवानपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह निर्वाचित भएका छन्। हारको इतिहास मेट्दै २७ हजार ८१४ मत पाएर सिंह विजयी भएका हुन्।

सूर्य चिह्न लिएर मैदानमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४३४ मतमात्र पाए। यता गठबन्धनबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यक्ष डिनाले तेस्रो स्थानमा चित्त बुझाएकी छिन्। डिनाले २५ हजार ४२० मत प्राप्त गरिन्। ९१ हजार ४८६ मत खसेकोमा दीपकले २ हजार ३९४ मतान्तरका साथ जित निकालेका हुन्।

सुरुमा गठबन्धनकी डीनाले अग्रता कायम गरे पनि पछि दीपक सिंहले सरप्राइज जित निकालेका हुन्। उनको जितपछि अहिले हेटौंडमा यो मन त मेरो नेपाली हो गीत घन्काउँदै विजयोत्सव सुरु भएको छ।

पाँचौ पटकमा सफल भए सिंह

निर्वाचनमा हारको ह्रयाट्रिक नै बनाएका राप्रपा दिपकले पाँचौ पटकको प्रयासमा सफल भएका हुन्। २०४६ को बहुदलअघि राप्रपा मकवानपुरको पहिलो पार्टीको रूपमा रहेको थियो। बहुदल स्थापनापछि कम्युनिष्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाले पकड गुमाउँदै गयो। संस्थापन कालदेखि नै राप्रपामा रहेर थुप्रै संगठनमा सक्रिय रहेका सिंहले २०५४ सालमा हेटौंडा उपमहानगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका थिए। त्यसबेला उनी प्रत्यासी डोरमणि पौडेलसँग ६०० मतान्तरले पराजित भए। त्यसपछि २०५६ सालमा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ मा उम्मेदवारी दिएका सिंहले तत्कालीन एमालेका उम्मेदवार रहेका विरोध खतिवडासँग १५ सय मतान्तरले हार व्यहोरे। त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेकपा एमालेका अनन्त पौडेलसँग दुई हजार मतान्तरले पराजित भए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका सिंह तेस्रो बने। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनले नै नसोकेको मत ल्याएपछि उनले त्यहिदिनदेखि निरन्तर जनताको घरदैलो संगठन बिस्तारमा व्यस्थ भएका थिए। उनी पराजित हुँदा हेटौंडा उपमहानगरपालिकामा जनजाति धेरै भएको वडा १२/१३ र १४ मा पार्टीका केन्द्रिय अध्यक्ष नै ल्याएर जनजातिको छोरा राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउन आफ्नो उम्मेद्वारी भएको भाषण गरेपछि त्यही वडाबाट स्थानीय तहमा पराजित सिंहले प्रतिनिधि सभाको निर्वाचनमा भने सबैभन्दा धेरै मत प्राप्त गरेर निर्वाचन हुन सफल भए।

को हुन् दिपक सिंह? 

बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विं.स. २०१५ सालमा धनकुटामा जन्मिएका सिंह ७/८ वर्षको हुँदा आमाबाबुले उनलाई लिएर हेटौंडा आएका थिए। त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा बन्यो।

गत चैतमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै चर्चामा रहेका दीपकबहादुर सिंहले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अन्तिम समयमा हारको सामना गरे। उपमहानगरको मेयरमा हारको सामना गरेपछि निरन्तर ग्रामिण भेगमा जनमतको लागि गृहकार्यमा जुटेका सिंह यसपटक प्रतिनिधि सभाको लागि विजयी भएका छन्।

माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन्। दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन्। तर दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो। २४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ। यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी सुरुवात देखि नै राप्रपामा आबद्ध छन्। उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell