PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

धनकुटामा माओवादी बागी बन्दा कांग्रेसका सुनिलबहादुर थापाले निकाल्न सकेनन् जित, एमालेका राई निर्वाचित



पहिलोपोस्ट

धनकुटामा माओवादी बागी बन्दा कांग्रेसका सुनिलबहादुर थापाले निकाल्न सकेनन् जित, एमालेका राई निर्वाचित

काठमाडौं : राप्रपा छाडेर कांग्रेस पसेका सुनिलबहादुर थापा धनकुटाबाट पराजित बनेका छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पुत्र सुनिल एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका हुन्।

गठबन्धनका सुनिललाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राई निर्वाचित भएका हुन्। राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत पाए। नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो बने।

त्यस्तै प्रदेश (१) मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरे।

प्रदेश (२) मा एमालेका ईन्द्रमणि पराजुली निर्वाचित भए। पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त पाइन्।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा (१) मा चार र प्रदेश (२) मा सात उम्मेदवार  प्रतिस्पर्धामा थिए। कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell