PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

क्यामरुनमा जन्मिएका एम्बोलोको निर्णायक गोलमा स्वीजरल्याण्डको क्यामरुनमाथि जित



पहिलोपोस्ट

क्यामरुनमा जन्मिएका एम्बोलोको निर्णायक गोलमा स्वीजरल्याण्डको क्यामरुनमाथि जित
Photo: Getty Images

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई हराउँदै सुखद सुरुवात गरेको छ। कतारस्थित अल जानुउब रंगशालामा सम्पन्न समूह 'जी'को खेलमा स्वीजरल्याण्डले *क्यामरुनमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा स्वीजरल्याण्डलाई जित दिलाउन ब्रील एम्बोलोले निर्णायक गोल गरे। खेलको ४८ औं मिनेटमा उनी क्यामरुनमा जन्मिएका स्वीजरल्याण्डका खेलाडी हुन्। कतार विश्वकपमा आफ्नो टोलीका लागि पहिलो गोल गरेर पनि आजको खेलमा गोलपछि उनले सेलिब्रेसन गरेनन्। उनले आफ्नो जन्मदेशलाई सम्मान दिएको शैलीमा उनी उभिएका थिए। ६ वर्षको छँदा उनी क्यामरुनबाट स्वीजरल्याण्ड आफ्नो परिवारसँग पुगेका थिए। र, सन् २०१४ मा उनले त्यहाँको नागरिकता प्राप्त गरेका थिए।

उनले खेल अघि क्यामरुन विरुद्ध खेल्न 'एकदमै विशेष' अवसर हुने बताएका थिए। आजको खेलमा जब उनले गोल गरे, उनले सम्मानपूर्वक आफ्ना हात उठाए र आँखा बन्द गरे।

समूह 'जी' मा क्यामरुन, स्वीजरल्याण्ड, ब्राजिल र सर्विया छन्। ब्राजिल र सर्बिया आजै राति खेल्दैछन्।

*सच्याइएको



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell