PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर



पहिलोपोस्ट

गृहमन्त्री बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच कडा टक्कर

बुटवलः मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रको गणना सम्पन्न भइसकेको छ। समानुपातिकको पनि गणना जारी छ। 

कतिपय क्षेत्रमा उम्मेदवारबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यस्तै, कडा टक्कारसहित प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये एक हो –रुपन्देही ३। उक्त क्षेत्रमा बहालवाला गृहमन्त्री बालकृष्ण खाण र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराबीच प्रतिस्पर्धा भइरहेको छ। बोहरालाई नेकपा (एमाले)ले पनि साथ दिएको छ। 

जारी मतगणनामा खाण र बोहराको मतान्तर २७ रहेको छ। खाणले २२ हजार ७८१ मत पाउँदा बोहराले २२ हजार ७५४ मत पाएका छन्। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell