
काठमाडौं : काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले मतान्तर बढाएका छन्। बेथानचोकको मत गन्दा कांग्रेसका शिव हुमागाँईले अग्रता कायम गर्दै फराकिलो अन्तर बनाएका थिए।
बनेपा र पनौतीको मत गनेपछि भने बास्कोटा अघि लागेका छन्। मन्डन देउपुरको मत गन्न शुरु भएसँगै बास्कोटाले मतान्तर बढाएका छन्। पछिल्लो अपडेटअनुसार बास्कोटाको पक्षमा ३१ हजार ४३१ मत छ। गठबन्धनका हुमागाँईले २९ हजार १७ मत पाउँदै पछ्याइरहेका छन्।
दुई उम्मेदवारको मतान्तर अहिले २ हजार ४१४ रहेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाँईले ६ हजार ९५३ मत प्राप्त गरेका छन्।