PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

एकीकृत समाजवादीले थप्यो दुई सिट, धादिङमा पाण्डे र डोल्पामा बुढा निर्वाचित



पहिलोपोस्ट

एकीकृत समाजवादीले थप्यो दुई सिट, धादिङमा पाण्डे र डोल्पामा बुढा निर्वाचित

काठमाडौंः एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ सिटमा जित हासिल गरेको छ। थप एक सिटमा अग्रता बनाएको छ। समाजवादीसँग पराजित हुने ९ मध्ये ८ एमालेकै उम्मेदवार छन्। सल्यानमा भने स्वतन्त्र उम्मेदवारलाई पराजित गरेर प्रकाश ज्वाला निर्वाचित भएका छन्। 

पछिल्लो परिणाम अनुसार धादिङबाट एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले ३५ हजार ९३४ मत पाएका छन्। प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठीले २७ हजार ९३५ मत पाएका छन्। 

त्रिपाठी यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका थिए। पाण्डे एमालेबाट प्रदेश सभामा निर्वाचित भएर हाल वाग्मती प्रदेशका मुख्यमन्त्री पनि हुन्। 

यस्तै, डोल्पाबाट प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरसहित धनबहादुर बुढा निर्वाचित भएका छन्। बुढाले एमाले उम्मेदवार गणेशबहादुर शाहीलाई पराजित गरेका हुन्। 

बुढाले ११ हजार २२५ मत पाउँदा शाहीले ५ हजार ४९८ मत पाए। अब समाजवादीले दाङ १ मा अग्रता लिइरहेको छ। समाजवादीका मेटमणि चौधरीलाई एमालेकी शान्ता चौधरीले पछ्याइरहेकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell