PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया



पहिलोपोस्ट

गोलरहित बराबरीमा रोकिए उरुग्वे र दक्षिण कोरिया
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया र उरुग्वे बराबरीमा रोकिएका छन्। एजुकेसन सिटी स्टेडियममा सम्पन्न खेलमा कोरिया र उरुग्वे गोलरहित बराबरीमा रोकिएका हुन्।

खेलअवधि भर दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्।

पहिलो हाफको अधिकांश समय दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो तर पछि उरुग्वे खेलमा हाबि भएको थियो। दोस्रो हाफको अन्तिम समयमा फेडेरिको भाल्भर्डेको लामो दूरीको प्रयास सफल हुन सकेन। दक्षिण कोरियाका स्ट्राइकर सन ह्युङ-मिनले पनि दोस्रो हाफमा पाएको राम्रो अवसरमा गोलपोस्ट भन्दा बाहिर गएको थियो।

जारी विश्वकपमा एसियाली टोलीले 'हेबि वेट' पूर्वविश्वकप विजेतालाई रोकेको यो तेस्रो पटक हो। यसअघि साउदी अरेबियाले अर्जेन्टिनामाथि र जापानले जर्मनीमाथि समान २-१ गोलको जित नै निकालेका थिए।

कोरिया रहेको समूहमा उरुग्वे, पोर्चुगल र घाना छन्। आजै रास अबोउ अबोउड स्टेडियममा पोर्चुगल र घाना पौने १० बजे आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell