PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’



पहिलोपोस्ट

बैतडीमा एमालेका दामोदर भण्डारीको ‘ह्याट्रिक’

कैलालीः बैतडीमा नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्। एक मात्र क्षेत्र रहेको बैतडीमा भण्डारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।  

उनले ३३ हजार ६११ मत पाएका छन्।

पूर्व अर्थराज्यमन्त्री समेत रहेका भण्डारीले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरलाई १ हजार ५३१ मतान्तरले पराजित गरेका हुन्। कुँवरले ३२ हजार ८० मत ल्याएका छन्। यसअघि दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को निर्वाचनमा पनि भण्डारी बैतडीबाटै निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell