PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गुल्मी  १ मा रोचक प्रतिस्पर्धाः एमालेका ज्ञवालीले फेरि लिए १२० मतको अग्रता



पहिलोपोस्ट

गुल्मी  १ मा रोचक प्रतिस्पर्धाः एमालेका ज्ञवालीले फेरि लिए १२० मतको अग्रता

बुटवलः गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।

पछिल्लो मत परिणाम अनुसार एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गरेका छन्। भने, सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गरेका छन्।

यी दुई उम्मेदवारबीच १२० मतको फरक छ। मतगणना जारी छ। कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने र कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ। यसअघि भण्डारी २९० मतले ज्ञवालीभन्दा अघि थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell