PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रिचार्लिसनको दोहोरो गोलमा ब्राजिलको सुखद सुरुवात



पहिलोपोस्ट

रिचार्लिसनको दोहोरो गोलमा ब्राजिलको सुखद सुरुवात
lucasfigfoto / CBF

फिफा विश्वकपको सर्वाधिक सफल टिम ब्राजिलले कतार विश्वकपमा सुखद सुरुवात गरेको छ। गएराति लुसइल स्टेडियममा सम्पन्न समूह 'जी' को खेलमा ब्राजिलले सर्बियामाथि २-० गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुबै गोल गरे। खेलको ६२ औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका उनले ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा दोस्रो गोल गरेका थिए।

जितसँगै ब्राजिल समूहको शीर्षस्थानमा उक्लिएको छ। गएराति नै सम्पन्न समूहको अर्को खेलमा स्वीजरल्याण्डले क्यामरुनलाई १-० गोलअन्तरले हराएको थियो। समूह 'जी' ब्राजिल र स्वीजरल्याण्ड ३ अंकसहित शीर्ष दुईमा छन् भने क्यामरुन र सर्बिया अंकविहीन रहँदै तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell