PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

काभ्रे १ (ख)मा कांग्रेसका तीर्थ लामा तीन मतले निर्वाचित



रासस

काभ्रे १ (ख)मा कांग्रेसका तीर्थ लामा तीन मतले निर्वाचित

धुलिखेल : काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए।

कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नौ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell