PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी



रासस

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन्।

मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजी प्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन्।

पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। कास्की क्षेत्र नम्बर ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell