PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी



पहिलोपोस्ट

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी
फाइल फोटो।

बुटवल : दाङको क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी विजयी भएका छन्। शहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ५ हजार ८४ मतान्तरले नेकपा (एमाले)की शान्ता चौधरीलाई पराजित गरेका हुन्।

मेटमणिले २६ हजार ५६३ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ताले २१ हजार ४७९ मत प्राप्त गरेकी छिन्।

मेटमणि २०७४ मा भएको आमनिर्वाचनमा पनि एमाले उम्मेदवारका रुपमा सोही क्षेत्रबाट विजयी भएका थिए। त्यसैगरी, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ मत प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell