PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गुल्मी १ मा कांग्रेसका भण्डारीले बढाए मतान्तर, ज्ञवालीभन्दा ७०८ मतले अगाडि



पहिलोपोस्ट

गुल्मी १ मा कांग्रेसका भण्डारीले बढाए मतान्तर, ज्ञवालीभन्दा ७०८ मतले अगाडि

बुटवल : गुल्मीको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा चलिरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका चन्द्र भण्डारीले मतान्तर बढाएका छन्। एमाले उपमहासचिव रहेका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई पछ्याइरहेका छन्।

भण्डारीले २८ हजार ४७३ मत ल्याउँदा ज्ञवालीले २७ हजार ७६५ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबिच ७०८ मतको फरक छ। मतगणना जारी रहँदा कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने त कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell