PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सिन्धुपाल्चोकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गर्‍यो 'क्लिन स्विप'



पहिलोपोस्ट

सिन्धुपाल्चोकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गर्‍यो 'क्लिन स्विप'

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोकमा यसपटक सत्ता गठबन्धनले क्लिन स्विप गरेको छ। अघिल्लोपटक एमाले र माओवादीको गठबन्धनमा क्षेत्र २ को प्रदेश बाहेक सबै वाम गठबन्धनले कब्जा गरेको थियो।

यसपटक भने दुबै प्रतिनिधि सभा र चार वटै प्रदेश सभा सत्ता गठबन्धनले कब्जामा लिएको हो।

क्षेत्र १ मा माओवादी केन्द्रका माधव सापकोटा सुवोध ३० हजार ३७४ मत ल्याउँदै निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार सरेश नेपालले २७ हजार ०२० मत प्राप्त गरे। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा माओवादीकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए।

क्षेत्र १ को प्रदेशसभा क मा कांग्रेसकी मसिना खड्का भण्डारी निर्वाचित भइन्। मसिनाले १४ हजार ६५२ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका डिबी तामाङ युद्दविक्रमले १३ हजार ४९० मत पाए। यस प्रदेशमा अघिल्लोपटक एमालेले जित निकालेको थियो।

यसैगरी क्षेत्र १ को प्रदेशसभा ख मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल १७२५६ मत ल्याउँदै निर्वाचित भए। पौडेलका प्रतिद्वन्द्वी एमालेका होमनारायण श्रेष्ठले १३ हजार ०१३ मत पाए। यस प्रदेशमा अघिल्लोपटक एमालेले जित निकालेको थियो।

यता प्रतिनिधि सभा २ मा कांग्रेसका मोहनबहादुर बस्नेत ३९ हजार ३६७ मत ल्याउँदै निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङले २७४९३ मत पाए। क्षेत्र नं २ को प्रदेशसभा क मा माओवादी केन्द्रका युवराज दुलाल २० हजार ९०६ मत ल्याउँदै निर्वाचित भए। उनी अघिल्लो निर्वाचनमा यहीबाट निर्वाचित हुँदै मन्त्रीसमेत बने। उनक प्रतिद्वन्द्वी एमालेका अमानसिंह तामाङले १२ हजार १३९ मत ल्याए।

यता क्षेत्र  नं २ कै प्रदेश सभा ख मा वाग्मती प्रदेशमा कांग्रेसकै कान्छा उम्मेदवार २९ वर्षीय युवा कृष्णबहादुर तामाङ समीर निर्वाचित भएका छन्। समीरले १७ हजार ७५८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हस्त पण्डितले १६ हजार २५३  मत पाए। अघिल्लोपटक यस क्षेत्रमा कांग्रेसका निमा लामा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell