PahiloPost

Jan 12, 2025 | २८ पुष २०८१

बारामा एमाले : क्षेत्र नम्बर १ बाट मैनाली र ३ बाट साह निर्वाचित



रासस

बारामा एमाले : क्षेत्र नम्बर १ बाट मैनाली र ३ बाट साह निर्वाचित

कलैया : बारा क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबु कुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरे।

त्यस्तै, बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याएका छन्। विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell