PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी



रासस

पाँचथरमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतान्तरले विजयी
फाइल फोटो।

मिक्लाजुङ : पाँचथरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ पुनः निर्वाचित भएका छन्। गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन्।

नेम्वाङले ३२ हजार एक सय १०.मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ। नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए। विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनी पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए।

प्रदेशसभा(१)मा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमल प्रसाद जवेगू विजयी भएका छन्। नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरेका छन्।

प्रदेशसभा (२)बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो विजयी भइसकेका छन्। प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन्। ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत  प्राप्त भएको छ। उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell