PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मतगणना नसकिँदै काभ्रे २ मा गोकुल बास्कोटाले गरे जित पक्का



पहिलोपोस्ट

मतगणना नसकिँदै काभ्रे २ मा गोकुल बास्कोटाले गरे जित पक्का

काठमाडौं : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा निर्वाचित हुने पक्का भएको छ। ५ हजार ९ मत गन्न बाँकी हुँदा बास्कोटा ५ हजार ४६९ मतान्तरले कांग्रेसका शिव हुमागाँईभन्दा अघि छन्।

निर्वाचन आयोगका अनुसार बास्कोटाले ४३ हजार ७३ मत पाउँदा हुमागाँईले ३७ हजार ६०४ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका दिनेश हुमागाँईले ९ हजार २७७ मत कटाएका छन्। स्थानीय निर्वाचमा पनौती नगरपालिकामा कांग्रेसबाट मेयरको आकंक्षी दिनेशले यसपटक रास्वपाबाट उम्मेदवारी दिएका हुन्। जसका कारण कांग्रेसका उम्मेदवार शिव हुमागाँईलाई यो निर्वाचन सहज बन्न नसकेको बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell