PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पूर्व गृहराज्यमन्त्रीलाई हराउँदै पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान विजयी, तेस्रो पटकको प्रयासमा बने सांसद



पहिलोपोस्ट

पूर्व गृहराज्यमन्त्रीलाई हराउँदै पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान विजयी, तेस्रो पटकको प्रयासमा बने सांसद

काठमाडौं : नवलपरासी क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन्। ३४ हजार ९ सय ५९ मत ल्याएर प्रधानले नेपाली कांग्रेसका देवन्द्रराज कँडेललाई हराएका हुन्। कँडेल पूर्व गृहराज्यमन्त्री हुन्।

पूर्व प्रहरी महानिरीक्षक प्रधान २०५६ सालमा आम निर्वाचनबाट राजनीतिमा होमिएका थिए। नवलपरासी ४ बाट २०६४ र ७० को निर्वाचनमा उनी लडेका थिए। तर, विजयी भने हुन सकेका थिएनन्। त्यसपछि २०७४ सालमा राप्रपा प्रजातान्त्रिकबाट समानुपातिकमा बनेका उनी पार्टीले थ्रेसहोल्ड कटाउन नसकेपछि सांसद बन्न सकेका थिएनन्। यस पटक भने सांसद बन्ने उनको सपना पूरा भएको छ।

नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल, नवराज सिलवालले यस पटकको निर्वाचनमा जित निकाल्न सकेनन्। त्यस्तै, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि हार बेहोर्नुपर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell