PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित



रासस

मोरङ ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित

मोरङ : मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरे।

त्यसैगरी, गत आइवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell