PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

अघिल्लो चुनावमा आरजुलाई पराजित गरेका रानालाई कांग्रेसका पन्तले चखाए नमिठो हार



पहिलोपोस्ट

अघिल्लो चुनावमा आरजुलाई पराजित गरेका रानालाई कांग्रेसका पन्तले चखाए नमिठो हार

कैलाली : कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डिल्लीराज पन्तले जित दर्ता गरेका छन्। नेकपा (एमाले)का नारदमुनि रानालाई एक हजार ७४ मतले पछि पार्दै पन्तले जित निकालेका हुन्।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी रानाले २० हजार ३१८ मत ल्याए।

अघिल्लो निर्वाचनमा यो क्षेत्र कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा पराजित भएको क्षेत्र हो। एमालेका रानासँग उनी करिब ५ हजार मतान्तरले पराजित बन्न पुगेकी थिइन्।

अहिले पनि यो क्षेत्रबाट राणाकै नाम एकल सिफारिसमा परेको थियो। तर, उनले आफ्नो जित नदेखेपछि समानुपातिकमा नाम सुनिश्चित गरेको बताइन्छ। राणाले फेरी हार देखेकै क्षेत्रमा पन्तले गठबन्धनलाई रोमाञ्चक जित दिलाउन सफल भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell