PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी



पहिलोपोस्ट

कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी
फोटो : फेसबुक।

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उम्मेदवार मनबहादुर गुरुङ विजयी भएका छन्।

मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको शुक्रवार घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार गुरुङले नेपाली कांग्रेसका उम्मेदवार किशोर दत्त बराललाई दुई हजार पाँच सय १९ मतान्तरले पराजित गरेका हुन्।

गुरुङले २५ हजार सात सय ८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी बरालले २३ हजार एक सय ८९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले १० हजार नौ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell