PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित, हारे नारदमुनि



पहिलोपोस्ट

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित, हारे नारदमुनि

काठमाडौं : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दा पराजित रानाले २० हजार ३१८ मत प्राप्त गरे।

यसैगरि, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ९९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ६ हजार ६१९ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell