PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी-१ मा चन्द्र भण्डारी विजयी



पहिलोपोस्ट

प्रदीप ज्ञवालीलाई पराजित गर्दै गुल्मी-१ मा चन्द्र भण्डारी विजयी

बुटवल : गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उनी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका हुन्।

भण्डारीले ३२ हजार २२७ मत ल्याए भने ज्ञवालीले ३० हजार ९३५ मत पाएका छन्। निर्वाचन कार्यालयले भने मतपरिणामको औपचारिक घोषणा गर्न बाँकी छ।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी १ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए।

एमाले उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकारिसकेका छन्। उनले लेखेका छन्, 'अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell