PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

८९ वर्षीय पुरुषको हत्या गरेको अभियोगा ३५ वर्षीय युवक समातिए



पहिलोपोस्ट

८९ वर्षीय पुरुषको हत्या गरेको अभियोगा ३५ वर्षीय युवक समातिए

काठमाडौंः मकवानपुरमा एक पुरुषको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबीच एक-आपसमा भनाभन भई झै-झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाईसनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell