PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

मोरङ ६ 'ख' बाट केदार कार्की निर्वाचित



पहिलोपोस्ट

मोरङ ६ 'ख' बाट केदार कार्की निर्वाचित

विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मोरङको क्षेत्र नम्बर ६ को प्रदेश सभा 'ख' बाट निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका कार्की नेकपा एमालेका कृष्ण बस्नेत (परशुराम) लाई १ हजार १८० मतले पछि पार्दै विजयी भएका हुन्। प्रदेश नम्बर १ को प्रदेशसभामा कार्कीको यो दोस्रो प्रवेश हो। उनले २०७४ को निर्वाचनमा एमालेका रमेश पोखरेललाई पराजित गरेका थिए।

निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार कार्कीले १० हजार ४४६ मत हासिल गर्दा परशुरामले ९ हजार २६६ मत ल्याएका छन्।

प्रदेश नम्बर १ को पहिलो प्रदेश सभामा उनी २०७४ सालमा संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए। कार्की २०७८ भदौदेखि प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्।

कार्की २०४४ सालमा नेपाल विद्यार्थी संघको सभापति थिए। यसपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा २०५२ सालमा नेविसंघकै क्याम्पस एकाइका सभापति भए। यसपछि नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहेका थिए। उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि क्रियाशील छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell