PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

कैलाली २ मा पनि नागरिक उन्मुक्तिको जित, बन्यो जिल्लाकै ठुलो दल



पहिलोपोस्ट

कैलाली २ मा पनि नागरिक उन्मुक्तिको जित, बन्यो जिल्लाकै ठुलो दल

कैलाली : कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि नागरिक उन्मुक्ति पार्टीले जित निकालेको छ। यहाँ नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरीले २१ हजार ८७१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावलले १६ हजार १ सय २८ मत पाए।

माओवादी केन्द्रका भगत बडूवालले १५ हजार ११६ मत ल्याए।

यो सँगै स्थानीय तहमा पहिलो दल रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा र प्रदेशसभामा दुवै तर्फ जिल्लाकै ठुलो दल बनेको छ।

५ प्रतिनिधिसभा क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्तिले ३ क्षेत्रमा जित निकालेको छ। १० वटा प्रदेशसभा सदस्य सिटमा ५ क्षेत्रमा जित निकालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell