PahiloPost

May 15, 2025 | २ जेठ २०८२

नवलपरासी-१ मा कांग्रेसको ‘क्लिन स्वीप’



पहिलोपोस्ट

नवलपरासी-१ मा कांग्रेसको ‘क्लिन स्वीप’

बुटवल : नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’  गरेको छ। प्रतिनिधिसभा सदस्यमा विनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन्।

जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका छन्। यहाँ त्रिपाठीलाई नेकपा एमालेले समर्थन गरेको थियो।

चौधरीले २९ हजार ४९५ मत ल्याएर विजयी हुँदा त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए।

त्यस्तै, प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई २ हजार १२० मतान्तरले पराजित गरेका छन्। पाठकले १५ हजार ४३६ मत ल्याएर विजयी हुँदा पौडेलले १३ हजार ३१६ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनित कुमार मिश्रले ५ हजार ४४१ मत पाए।

त्यसैगरि, प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका देवकरण कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १९८ मतान्तरले पराजित गरे। कलवारले ११ हजार २८४ ल्याएर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत पाए। नेकपा एमालेका दीपकराज शर्माले ७ हजार ५७८ मत पाए।

कुल मतदाता १ लाख १८ हजार २५० मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ३२३ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell