PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

पाल्पा २ (ख) मा माओवादीका घर्ती मगर विजयी



पहिलोपोस्ट

पाल्पा २ (ख) मा माओवादीका घर्ती मगर विजयी

बुटवल : पाल्पा क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तुलाराम घर्ती मगर विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार ओमबहादुर घर्ती मगरदाई ९४१ मतान्तरले पराजित गरेका हुन्।

तुलारामले १३ हजार ९९२ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ओमबहादुरले १३ हजार ५१ मत पाएको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयले जानकारी दिएको छ।

तुलाराम यसअघि पनि लुम्बिनी प्रदेशसभा सदस्य थिए। ओमबहादुर तिनाउ गाउँपालिका पूर्व अध्यक्ष हुन्। 

यस्तै, पाल्पा २ प्रदेशसभा (क) मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना विजयी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell