स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नं १ 'ख'* मा नेकपा एमालेका सुधीरकुमार पौडेलले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई पराजित गरेका हुन्।
पौडेलले रानालाई मात्र ६ मतले पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् । सुधीरले १७ हजार ४४१ मत ल्याउँदा बुद्धिबहादुरले १७ हजार ४३५ मत ल्याएका छन्।
सुदीर आँधीखोला गाउँपालिकाका निवर्तमान प्रमुख पनि हुन्।
*स्याङ्जा 'ख' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।