PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

काठमाडौं-१ बाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई दिइयो प्रमाणपत्र

काठमाडौं-१ बाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई दिइयो प्रमाणपत्र

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र दिइएको छ।

आज संघीय संसद भवनमा आयोजित कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले निर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र दिएको हो।

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको छ। यो क्षेत्र बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। प्रदेशसभा 'क' तर्फ कांग्रेसकै दिपेन्द्र श्रेष्ठ र 'ख' मा पनि कांग्रेसकै सुरज चन्द्र लामिछाने निर्वाचित भएका छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell