PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चारपटक सांसद भइसकेका सोमप्रसादलाई पराजित गर्दै पाल्पा-२ मा एमालेका ठाकुर गैरे निर्वाचित



पहिलोपोस्ट

चारपटक सांसद भइसकेका सोमप्रसादलाई पराजित गर्दै पाल्पा-२ मा एमालेका ठाकुर गैरे निर्वाचित

बुटवल : पाल्पाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी भएका छन्। उनले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन्।

गैरेले २७ हजार ८१७ मत ल्याएर विजयी हुँदा पाण्डेले २३ हजार ८५१ मत पाएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५१५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५०१ मत पाएका छन्। यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो। 

२०७४ सालको चुनावमा पाल्पा २ मा पाण्डे ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। त्यसबेला उनलाई माओवादी केन्द्रको साथ थियो। २०५१ सँगै २०५६, २०७० गरि उनी चार पटक सांसद भइसकेका छन्। २०६४ को चुनावमा भने उनी पराजित भएका थिए।

यता, गैरे पहिलो प्रयासमै सफल भएका छन्। २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका गैरे केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, महासचिव हुँदै २०६३ सालमा सो संगठनको केन्द्रीय अध्यक्ष भएका थिए। २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनयता गैरे एमालेको केन्द्रीय सदस्य बनेका थिए। एमाले विभाजनअघि गैरे पार्टीभित्र माधव नेपालको पक्षमा थिए। तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा सडकमा ओर्लेर विरोध गरेका थिए उनले। तर, पार्टी विभाजन हुँदा उनी माधव नेपाल पक्षमा गएनन्, एमालेमै बसे।

२०७८ मंसिरमा चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा खुल्लातर्फ केन्द्रीय सदस्य निर्वाचित हुँदा गैरेले दोस्रो बढी लोकप्रिय मत प्राप्त गरेका थिए।

प्रदेशसभातर्फ भने प्रदेशसभा (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर राना र (ख) मा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर विजयी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell