PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी



पहिलोपोस्ट

पाल्पा-१ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

बुटवल : प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा-१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेर विजयी हुँदा गाहाले २० हजार २५५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८६३ मत पाएका छन्।

यसैगरि, प्रदेशसभातर्फ प्रदेशसभा (क) मा एमाले उम्मेदवार राजुप्रसाद श्रेष्ठ र (ख) मा पनि एमालेकै खेमबहादुर सारु विजयी भइसकेका छन्। पाल्पा क्षेत्र नम्बर २ मा एमालेका ठाकुर गैरे विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell