PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

हेटौंडामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु



पहिलोपोस्ट

हेटौंडामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु

हेटौंडा : धरान-चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ।

शुक्रवार दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए। दुई जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो।

मृत्यु हुनेमा हेटौंडा-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षीय आशिस ढकाल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

यस्तै, अर्का घाइते २९ वर्षीय दिपु लामा सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। उनका अनुसार बस चालक प्रहरीको सम्पर्कमा आएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell