PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

लोसपा अध्यक्ष ठाकुर महोत्तरी ३ बाट निर्वाचित



पहिलोपोस्ट

लोसपा अध्यक्ष ठाकुर महोत्तरी ३ बाट निर्वाचित
फाइल फोटो

काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन्। मतगणनाको सुरुवातमा पछि परेका ठाकुरले अन्तिम समयमा अग्रता बनाएका थिए। ठाकुरले जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई पराजित गरे। ठाकुरलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पनि साथ थियो। यादवलाई एमालेले साथ दिएको थियो।

अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन्। यस्तै, यादवले १४ हजार ३२५ मत पाए। स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याएका छन्।

योसँगै लोसपाले प्रतिनिधि सभामा चार सिटमा जित हासिल गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell