PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी



पहिलोपोस्ट

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्। 

निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्। 

पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन।

पोखरेल २०७० मा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको पकड मानिने उक्त क्षेत्रमा आमोदप्रसाद उपाध्यायलाई हराएर पोखरेल विजयी भएका थिए। २०७४ को निर्वाचनमा भने पोखरेल कांग्रेसका मीनेन्द्र रिजालसँग पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell