PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

विष्णु पौडेलको संघर्षपूर्ण जित, रुपन्देही २ बाट चौथोपटक निर्वाचित



पहिलोपोस्ट

विष्णु पौडेलको संघर्षपूर्ण जित, रुपन्देही २ बाट चौथोपटक निर्वाचित

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन्। शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विष्णुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३९३ मतले पराजित गरेका हुन्।

पौडेलले २७ हजार १७४ ल्याएर विजयी हुँदा गणेशले २५ हजार ७८१ मत पाएका छन्। त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा रहे । थापाले २२ हजार ८ मत ल्याए। थापालाई सत्ता गठबन्धनको समर्थन थियो।

विष्णु पौडेलको यो क्षेत्रबाट चौथो जित हो। उनले २०६४ तत्कालीन नेकपा माओवादीका स्व. भक्ति पाण्डे, २०७० मा तत्कालीन माओवादीकै नेता डा. बाबुराम भटराई र २०७४ मा नेपाली कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए। यो क्षेत्रमा कूल ८१ हजार २०२ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell