
सांघाई: चिनियाँ राष्ट्रपति सि चिनफिङ र क्युवाका राष्ट्रपति मिगुयल डियाज-कनेल बेर्मुडेजसँग भेटवार्ता गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिवसमेत रहेका सि र कम्युनिस्ट पार्टी अफ क्युवा (सीपीसी) को केन्द्रीय कमिटीका प्रथम सचिवसमेत राष्ट्रपति बेर्मुडेजबीच बेइजिङमा भेटवार्ता भएको हो।
सीपीसीको २०औं राष्ट्रिय कंग्रेसपछि चीन भ्रमण गर्ने उनी पहिलो दक्षिण अमेरिकी नेता हुन्। क्युवा जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पश्चिमी गोलार्धको पहिलो राष्ट्र हो।
भेटमा राष्ट्रपति सिले यस यथार्थलाई स्मरण गर्दै दुई देशबीचको सम्बन्ध सामाजवादी देशहरुबीचको एकता र साझेदारीको उदाहरण भएको बताएको सिन्ह्वाले जनाएको छ।
राष्ट्रपति सिले भेटका क्रममा जतिसुकै अन्तर्राष्ट्रिय परिस्थितिहरुमा परिवर्तन आए पनि क्युवासँगको सम्बन्धमा कुनै बदलाव नहुने बताएका छन्। उनले क्युवामा समाजवादलाई अगाडि बढाउन चीनले सँदै साथ दिने प्रतिवद्धतासमेत जनाएका छन्।
सो भेटमा चीनले सधैँ क्युवाको सार्वभौमिकताको सम्मान गर्ने भन्दै क्युवाको राष्ट्रिय सार्वभौमिताको रक्षामा साथ दिने बताए। साथै अन्तर्राष्ट्रिय नाकाबन्दी र वैदेशिक हस्तक्षेपकको सधैँ विरोध गर्ने बताए।
भेटमा क्युवाका राष्ट्रपतिले चीनसँगको सम्बन्ध क्युवाको विदेश नीतिको प्रमुख प्राथमिकतामध्येको एक भएको बताए। उनले एक चीन नीतिप्रति क्युवा प्रतिवद्ध भएको बताए। साथै बीआरआई परियोजनालाई पूर्ण समर्थन रहेको बताए।
सो भेटवार्ताका क्रममा दुई देशका कम्युनिस्ट पार्टी सम्बन्ध विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ। साथै दुई देशका विदेश मन्त्रालयबीच बेल्ट एण्ड रोड साझेदारीका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।