PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी



पहिलोपोस्ट

घनश्याम भुसाल पराजित, रुपन्देही १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्।

विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले  ३ हजार ४८८ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell