PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

नेदरल्याण्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपबाट बाहिरियो



पहिलोपोस्ट

नेदरल्याण्ड्स र इक्वेडरले बराबरी खेल्दा कतार विश्वकपबाट बाहिरियो
Photo: FIFA

फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्स र इक्वेडरले बराबरी खेलेका छन्। विश्वकपको समूह 'ए' अन्तर्गत खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्स र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको छैटौं मिनेटमै कोडे गाक्पोको गोलमा नेदरल्याण्ड्सले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको इक्वेडरका लागि इन्नेर भ्यालेन्सियाले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। जारी विश्वकपमा दुई खेलमा तीन गोल गरेका भ्यालेन्सिया सर्वाधिक गोलकर्ताको सूचिमा सबैभन्दा माथि उक्लिएका छन्।

डच टोलीको इक्वेडरसँग बराबरी सँगै आफ्नो सुरुवाती दुई खेलमा इक्वेडर र सेनेगलसँग पराजय ब्यहोरेको आयोजक कतार विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ। गएराति नै सम्पन्न आफ्नो दोस्रो खेलमा कतार सेनेगलसँग ३-१ गोललअन्तरले पराजित भएको थियो। त्यसअघि उद्घाटन खेलमा इक्वेडरसँग २-० गोलले पराजित भएको थियो।

योसँगै समूह 'ए' मा समान चारअंक जोडेका नेदरल्याण्ड्स र इक्वेडर शीर्ष दुईमा छन् भने ३ अंक जोडेको सेनेगल तेस्रो र अंकविहीन कतार तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell