PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

तेह्रथुममा कांग्रेस नेत्री सीता गुरुङ विजयी



रासस

तेह्रथुममा कांग्रेस नेत्री सीता गुरुङ विजयी

काठमाडौं : तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी, नेकपा (एमाले)का विजय सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन्। उनीहरु बिचमा एक हजार ७९ मतान्तर रहेको छ।

तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका थिए। मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell