PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

बारा २ मा जसपाका रामसहाय प्रसाद यादव विजयी



रासस

बारा २ मा जसपाका रामसहाय प्रसाद यादव विजयी
फोटो : फेसबुक

काठमाडौं : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका छन्। त्यसैगरी निकटतम नेकपा (माओवादी केन्द्र)का शिवचन्द्र प्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरे। उनीहरुबिच तीन सय ५४ मतान्तर रहेको छ।

खरायो चिन्ह पाएका स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भए। बारा २ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell