PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कांग्रेसका तेजुलाल चौधरी सप्तरी ४ बाट विजयी



रासस

कांग्रेसका तेजुलाल चौधरी सप्तरी ४ बाट विजयी

सप्तरी : सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीले जनाएअनुसार उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरे।

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी भएका थिए। यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ। जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा एक/एक स्थानमा विजयी भएको छ। प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एस) र स्वतन्त्रले एक/एक सदस्यमा जित हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell