PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता विद्युतविहीन



पहिलोपोस्ट

रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता विद्युतविहीन
Photo: GETTY IMAGES

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता अझै पनि विद्युतविहीन रहेको बताएका छन्

‘आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ,’ जेलेन्स्कीले गएरातिको सम्बोधनमा भने।

बुधवारदेखि प्रभावित घरपरिवारको संख्या आधाले घटेको उनले बताए। तर, जाडो सुरु भएसँगै लाखौं मानिस बत्ती, पानी वा तातोविहीन छन्।

भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको बताए। उनले सहरका धेरै बासिन्दाहरू ‘२०-३० घण्टादेखि’ बिजुलीविहीन रहेको बताए।

सबैभन्दा बढी प्रभावित अन्य क्षेत्रहरू दक्षिणमा ओडेसाका क्षेत्रहरू, पश्चिममा लीभका क्षेत्रहरू, साथै भिन्नेसिया र निप्रोपेट्रोभस्क रहेको उनले बताए।

युक्रेन र उसका पश्चिमी सहयोगी देशहरूले बारम्बार महत्वपूर्ण पूर्वाधारलक्षित आक्रमण गरेर रसियाले युद्ध अपराध गरिरहेको आरोप लगाएका छन्, जसलाई मस्कोले अस्वीकार गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell