PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार



पहिलोपोस्ट

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

काठमाडौं : चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार रुपैयाँ भएको बताएका छन्। शनिवार बिहान फेसबुकमार्फत उनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन्।

 'मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ,' फेसबुकमा लामिछानेले लेखेका छन्। यी खर्चमा कार्यालय सामग्रीहरुको हिसाब भने नजोडिएको उनले बताएका छन्।

लामिछानेले कार्यकालभरि कुनै सम्मान, पुरस्कार तथा उपहारसमेत ग्रहण नगर्ने उल्लेख गरेका छन्। त्यसैगरी भाषण, आसनग्रहण कार्यक्रममा पनि सहभागी नहुने बताएका छन्। 'कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु,' उनले भनेका छन्, 'सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु।'

आफूले यसअघि वाचा गरेका ७ वटा कार्यक्रममा भने जाने उनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell